काठमाण्डौँ — नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच दृष्टिविहीनको उपचारका लागि एक समझदारी भएको छ ।
आर्थिक अभावका कारण आँखाको नानीमा समस्या भएकाको उपचार गर्न उक्त समझदारी गरिएको फाउन्डेसनले जनाएको छ।
यस कार्यक्रमलाई ‘नबिल फाउन्डेसनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनी सम्बोधन गरिएको नबिल फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ ।
नबिल फाउन्डेसनका अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका रीता गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS