काठमाडौं, वैशाख २ –नबिल बैंककाे नबिल स्मार्टबैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनकाे सेवा सुरु भएकाे छ याेसँगै अब नबिल बैंकका ग्राहकले आफ्नाे कार्डकाे जानकारी जस्तै कार्ड स्टेटमेन्ट, काराेबारकाे विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सकृियता/निष्कृयता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपबाट गर्न सक्नेछन् ।
काेराेना महामारीलाई मध्यनजर गर्दै बैंकले याे सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरुमा उपल्बध गराएकाे जानकारी दिएकाे छ सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएकाे छ ।
FACEBOOK COMMENTS