काठमाडौं, भदौ २१ – वीरगञ्जमा गरिएको परीक्षणमा बैंकका कर्मचारीसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा पर्साका गथप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमण देखिनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारीसमेत रहेका छन्। यसअघि पनि नबिल बैंकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जनामा संक्रमण भएको पाइएको छ।
कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
FACEBOOK COMMENTS