काठमाण्डौँ — नबिल बैंकको ३४ औं वार्षिक साधारण सभाले नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको छ ।
विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
बैंकले आ।व। २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु.३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ ।
बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु.१ खर्ब ६१ अर्ब पुयाएको छ ।
बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ ।
FACEBOOK COMMENTS