काठमाडौँ, कात्तिक १३ – नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।
ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका समस्याहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।
एडीबी व्यापार बित्त कार्यक्रम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा टिएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
FACEBOOK COMMENTS