काठमाडौं, भदौ १७ । नबिल बैंकले सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना सार्वजनिक गरेको छ । उक्त बीमा योजनाका लागि बैंकले एन.एल.जी. इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले १० लाख को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको हो । यो योजना भदौ १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ ।
यस योजनाअन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दाबढि राख्ने जुनसुकै प्रकारका बचत खातावालाहरुलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको छ । यस योजनाअन्तर्गत बचतकर्ताको दुर्धटनामा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख बीमा रकम प्रदान गर्ने बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत आफ्नो खातामा न्यूनतम ५ हजार मौजदात राख्ने सम्पूर्ण बचत खातावालाहरुको बीमास्वत रुपमा १५ भदौ २०७६ मा भैसकेको छ । साथै यो योजनामा समावेश हुन बचतकर्ताले सधंै ५ हजार वा सो भन्दा बढि रकम जम्मा गर्नुपर्नेछ । त्यस्तै ५ हजार वा सो भन्दा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्ने पनि बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS