काठमाडौं – नबिल बैंक लिमिटेडले जापानको एशियन नेट कम्पनी लिमिटेडबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्ष हिगासिदा शुजेनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्नेछन् ।
यस व्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ ।
नबिल बैंक वेष्ट्रन युनियनले संसारका विभिन्न देशहरुबाट इन्वार्ड रेमिटेन्सको माध्यमबाट नेपालमा विदेशी मुद«ा भित्र्याई राष्ट्रको अर्थतन्त्रमा योगदान पु¥्याएको छ ।
FACEBOOK COMMENTS