नबिल बैंक ३६ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले यसै अवसरमा डिजी बैंक (डिजिटल बैंकिङ) को स्थापना गरको छ ।
बैंकिङ क्षेत्रको पायोनियर नबिललाई अझै १५ वर्ष पायोनिर बैंकमै जोगाइराख्न डिजी बैंकको स्थापना गरिएको बैंकका सिईओ अनिल केशरी शाहले बताए ।
उनले भने, ‘आजसम्म जेजे गर्यौँ त्यसले नै पायोनियर भूमिका खेलेको छ । अझै १०/१५ वर्षसम्म पनि पायोनिर रोल खेल्नुछ । यसैले डिजी बैंकलाई स्थापित गर्नुछ ।’
आउँदो पुस्तालाई आकर्षित गर्न डिजिटल बैंकिङ सुरु गरिएको सिईओ शाहले बताए ।
नबिल डिजी बैंक प्रमुख बिनय कुमार रेग्मीले बाँकी रहेको ३५ प्रतिशताई बकैंको दायरामा ल्याउन आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS