काठमाण्डौं– राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ ।
नास्टमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले पुरस्कार विरतरण गरेका हुन् ।
‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट प्रा. डा. मुकेश कुमार चालिसे, प्रा. डा. रजनी मल्ल, डा. राम कुमार अधिकारी तथा प्रा. डा. अमर प्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पुरस्कार प्रदान गरिएको हो ।
नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेल विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रकाे विकासमा योगदान पु¥याएकोमा धन्यवाद दिए ।
उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था रु.१,२५,०००। रहेको छ ।
नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्र प्रतिष्ठीत पुरस्कार मानिन्छ ।
FACEBOOK COMMENTS