काठमाडौं, पुस ७- नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ योजना सार्वजनिक गरेको हो ।
बैंकले सोमबार पत्रकार सम्मेलन गरेर नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा, नविल सजिलो एक्स्प्रेस कर्जा योजना सार्वजनिक गरेको हो ।यी योेजनामा तुलनात्मक रुपमा सस्तो व्याजदर तोकिएको छ भने छोटो अवधिमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ ।
बैंकले उद्यम गर्न चाहनेलाई छोटो समयमा नै ७५ लाख रुपैयाँसम्म कर्जा दिने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना सार्वजनिक गरेको हो। यस योजना अनुसार बैंकमा कर्जाको लागि आवेदन दिएको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ ।
यो योजना अन्तरगत एक वर्षका लागि १०.५ प्रतिशत ब्याज दर कायम गरिएको छ । ‘नेपालमै पहिलो पटक क्रेडिट स्कोरिङ मोडल भएको नबिल सजिलो एक्सप्रेस कर्जा अन्तरगत आवश्यक कागजपत्र बुझाएको मात्र ३५ घण्टा भित्रै कर्जा स्वीकृतिको पुष्टी हुनेछ’ बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहले बताए ।
यस्तै, बैंकले नबिल सजिलो एसएमई कर्जा योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू। ५ लाख देखि रू. १ करोड ५० करोड सम्म ऋण दिइने छ । आवेदन दिएको ५ दिन भित्र नै कर्जा स्वीकृति गरिने बैंकको भनाइ छ ।
यस कर्जामा १ बर्षका लागि १०.५० प्रतिशत व्याज लिइने छ । यसमा सञ्चालकलाई निःशुल्क रू. ५० हजारसम्मको क्रेडिट कार्डको सुविधा छ । साथै, निःशुल्क एलर्टको पनि सुविधा राखिएको छ ।
साथै, व्यक्तिगत बचत खाता मार्फत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखको जटिल रोग बीमा तथा रु. ७५ हजारको टर्म लाइफ बीमाको सुविधा पनि दिइने बैंकको भनाइ छ । यस्तै, बैंक आज नै नविल नारी कर्जा योजना पनि ल्याएको छ । यसमा १ बर्षका लागि ९।९९ प्रतिशत मात्रा व्याज लिइने छ ।
FACEBOOK COMMENTS