काठमाडौं, चैत ११ – नेपाल टेलिकमको सहायक कम्पनीले केही दिनअघि मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेको उक्त कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।
नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट नमस्ते पेको नामबाट भुक्तानी सेवा प्रदान गर्नेछ । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।
सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ हुने छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हाे ।
FACEBOOK COMMENTS