नेपाल राष्ट्र बैङ्कले यस वर्षको दशैंमा करीब १३ अर्ब रूपैयाँको नयाँ नोट सटही गर्ने लक्ष्य लिएकोमा सोमबार सम्ममा ११ अर्ब ७८ करोड रूपैयाँ नयाँ नोट सटही भइसकेको छ । बैङ्क तथा वित्तीय संस्था र विभागबाट गत असोज २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारण नागरिकलाई ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरू वितरण गरेको थियो । गत बर्षको दशैँमा भने १२ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट सटही भएको राष्ट्र बैङ्क तथ्याङंक छ ।
गत बर्षको तुलनमा यस बर्ष कम नोट सटही भए पनि अगाडीका केही बर्षको तुलनमा भने ज्यादा हो । चाडबाडको समयमा नयाँनोट सटही गर्ने परमपराले भने राष्ट्र वैङ्कलाई समस्या हुने गरेको छ । बजारमा नयाँ नोट जादा पुराना नोटको भण्डारण गर्नु पर्ने हुदा दोहोरो समस्या पर्ने गरेको हो ।
FACEBOOK COMMENTS