आज विश्वका धनी गरिब, विकसित अविकसीत सबै देशहरु युद्ध लडिरहेकाछन् । नेपाल यसबाट अछुतो रहन सक्ने कुरै भएन । यो २१ औं शताब्दीमा जाबो १ एनएम सानो परजिवीले भौतिक विकासमा सगरमाथा थिचोलेको बेला विश्वका मनुवाहरुलाई यसरी बन्धक बनायो की, यी दुर्दशा हेर्नु सिवाय हामीले अरु केहि गर्न सकीरहेका छैनौं । “सबै समस्याहरु समाधानको विज बोकेर आएका हुन्छन् ।” हो, जब समस्याहरु आउछन् ऊ एक्लै अबश्य आएको हुदैन । जसरी मानिस जन्मिन्छ, मृत्यु सँगै आएको हुन्छ । अनि उसका क्षमता, बुद्धि, विवेक पनि सगै आएको हुन्छ ।
मात्र हामीले समस्यासगैं आएको समाधानलाई पहिचान गर्न सक्नुपर्छ । समस्या र समाधान एक अर्कोका परिपुरक जस्तै हुन । जब समाधानको पहिचान हुन्छ त्यो समस्या रहदैन् । “समस्याहरु एक्लै आउदैन साथमा अवसरहरु पनि लिएर आएका हुन्छ ।” विश्वमा जती पनि आविष्कार, परिबर्तन भएकाछन् ति सबै समस्याहरुले खडा गरि दिएको उत्पती हो । माथि भने जस्तै जब समस्यासँगै आएको समाधानको पहिचान हुन्छ हो त्यही समाधान नै अबसर हुन्छ र नयाँ आविष्कारको उत्पती हुन्छ । आज विज्ञानले खडा गरेको यो भौतिक विकासहरु पनि यी नै सुत्रमा आधारित छन् ।
निश्कर्षमा समस्या, समाधान, अवसर र आबिष्कार एक अर्कोका परिपुरक हुन । २०७६ सालमा विश्वमा तहाल्का मचाउदै गरेको कोभिड–१९ समस्याको रुपमा खडा भएकोछ, यसलाई आउदो २०७७ सालमा कसरी अबसर र आविष्कारको रुपमा परिबर्तन गर्न सकिएला यस बारेमा केही छलफल गर्ने कोशिस गर्दैछु । भर्चुअल सम्बन्धको विकास २१ औं शताब्दीको मुख्य उपलब्धी इन्टरनेटलाई मानिन्छ । इन्टरनेटले २० औं शताब्दीका ठूला उपलब्धीहरुलाई विस्तापीत गरेकोछ । एक मोबाइलले रेडियो, टिभी, क्यामेरा, पत्रपत्रीका सबैलाई च्यालेन्ज गरि रहेकोछ । यहाँ सम्मकी समाजिक संजालहरुले मानिसहरु विचको सम्बन्धलाई प्रश्न खडा गरि दिएको छ । मानिसहरु मोबाइल प्रेमी भएकाछन्, एकान्त प्रेमी भएका छन् प्रत्यक्ष बोल्न भन्दा अनलाइनमा कुरा गर्न रमाई रहेकाछन् ।
मानिसहरुको लगभग ५० प्रतिशत दैनीकी समाजिक संजालहरुमा बिना उपलब्धी वितीरहेकोछ । यसरी मोबाइल, समाजिक संजाल अपरिहार्य भएको यस अबस्थामा के हामी २०७७ सालमा समाजिक संजाललाई समाजिक र व्यक्तिगत विकासमा सदुपयोग गर्न सक्छौं ? अबश्यक सक्नु पर्दछ । कोभिड–१९ ले खडा गरेको समाजिक दुरीसगै भर्चुअल बैठक, छलफल तथा अन्र्तक्रिया जस्ता कार्यक्रमहरुको शूरुवात भएकोछ । हाम्रा बालबालिकाहरु भर्चुअल माध्यमबाट अध्ययन गरिरहेकाछन् । मनोरन्जनको साधनको रुपममा प्रयोग भएको समाजिक संजाललाई समाजिक विकास, व्यक्तिगत विकास र समाजिक शिक्षाको बिकासमा अगाडि बढाउन यो लकडाउनले सानो देखी ठूला सम्मलाई पे्ररित गरेकोछ ।
यस अबस्थालाई अबसरको रुपमा अगाडि बढाई मानिसहरु विचको भर्चुअल सम्बन्धलाई समाज उपयोगी बनाउन आबश्यक छ । छिट्टै अबश्यक पनि भर्चुअल सम्बन्धमा उपयोगी हुने नयाँ अविष्कारहरु सिर्जना हुने र भर्चुअल सम्बन्धको नया आयम थपिने देखिन्छ । अनलाईन व्यापारको प्रभाब हुनत नेपालमा अनलाई व्यापार शुरु भएको केही समय भएकोछ । तर यो सेवा तथा सुबिधा धनाढ्याहरु र सिमित मध्यम बर्गीय मानिसहरुले मात्र यसको प्रयोग गर्ने गरेको थियो । त्यसमा पनि शहरीया जिवनमा सोख र सम्पन्नको मापदण्डको रुपमा मात्र समित थियो भन्दा अयुक्ति नहोला । यस कोभिड–१९ सगै अनलाईन व्यपार माथि देखी तल सम्म, धनी देखी गरिब सम्मको लागी अपरिहार्य आबश्यकताको रुपमा जर्बजस्त उभिएको छ । एटिम मात्र होइन अनलाइन भुक्तानी भण्डै डबल भएको बाट पनि प्रष्ट हुन्छ की यस महामारीले आम जनतालाई अनलाईन व्यापार प्रति झुकाब बढाएकोछ ।
अबश्य पनि कोभिड–१९ को युद्धको जितसगै अनलाइन व्यापारमा बढोत्तरी हुनेछ । क्यासको कारोबार धेरै घट्नेछ र साना साना व्यपारीले पनि अनलाईन भुक्तानीको साधन अनिबार्य प्रयोग गर्नु पर्ने बाध्यता खडा गर्नेछ । यस प्रकारको प्रभावले गर्दा आउदा दिनहरुमा अनलाईन व्यवासाय संचालन गरि रहेकाहरुको लागी एक अबसरमा परिणत हुने कुरामा कुनै शंका देखिदैन् आत्मनिर्भर अर्थतन्त्रमा जोड अर्को शिक्षा यस समस्याले दिएको आत्मनिर्भर अर्थतन्त्र हो । आत्मनिर्भर अर्थतन्त्र तब सम्म सम्भब छैन जव सम्म हामी रेमिट्यान्समा रमाउछौं । कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पारेको जर्बजस्र्त समस्याले नेपालसगै विश्वका देशहरुमा आर्थिक संकट हुने कुरामा कुनै दुइमत छैन । नेपालको अर्थतन्त्रमा जबजस्र्त पकट रहेको रेमिट्यान्स, पर्यटन जसरी बन्धक हुन पुग्यो यसबाट हामीले दिगो आत्मनिर्भर अर्थतन्त्रको विकासको शुरुवात थालनी हुनु पर्ने देखिन्छ । त्यो भनेको अन्य मुलुकको निर्भरता विनाको आर्थिक प्रणाली हो ।
आजसम्म हामीले कृषिलाई मात्र एक जिवीकापार्जन पारम्परीक रितिरिवाजको रुपमा लिएका छौं । हामीले अपनाएको कृषि उत्पादनलाई व्यवासायीक कृषिको रुपमा बुझेको छैन । यसको लागी राज्यले तुरुन्तै आधुनिक र व्यवसायीक कृषि प्रणालीमा कुनै पनि हिचकिचाहट यस क्षेत्रमा लगानी गर्नु जरुरीछ । कोभिड–१९ पछि कम्ती ७५ प्रतिशत नेपालीहरु जो विदेशमा काम गरीरहका छन उनीहरुको रोजगार खोसिने कुरा प्रष्ट छ हो यसलाई अबसरको रुपमा ति नेपालीलाई बिदेशबाट फर्काई व्यवसायीक खेती गर्ने र राज्यले लगानी गर्नको लागी तुरुन्तै योजना बनाउनु आबश्यकता छ । विश्व अर्थतन्त्र र व्यापारको जंन्जीरबाट उम्कन पनि आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नु आबश्यकता हो र यही नै यस महामारीले सिर्जना गरेको एक अबसर हो । विज्ञानसगै विवेकलाई जोड विज्ञानले विकासको फड्को मार्यो । त्यही विकाससँगै आएको समाजिक असहिष्णुता, बातबरणीय प्रभाव, यातयातको जर्वजस्त संजाल, आर्थिक परर्निभता र भर्चुअल सम्बन्धहरु जसले प्रकृतीक बनावटलाई लाथलिङ्ग बनायो ।
जसले गर्दा हामी लगातार प्राकृतिक विपत्तीको समाना गरिहेकाछौं । मानव किन चन्द्रमामा छैन, किन मंगलग्रहमा छैन किनकी त्यहाको बातबरण मानवको लागी पुर्ण छैन् । पूथ्विमा छ, हामी र्छौ तर हामीले विज्ञान र विकासको नाममा पृथ्वि माथि दोहन गदैछौं जसले गर्दा मानबको अस्तित्व मै शंका हुने अबस्था सिर्जना भएकोछ । हामीले विज्ञानलाई मानवको साथीको रुपमा भन्दा पनि शक्तीको रुपमा प्रयोग गरिहेकाछौं । आविष्कारहरु प्राकृतीक बातबरण विपरीत भएकोछ, अर्थलाई हामीले विनासकारी समान बनाउन लगानी गरिहेकाछौं । प्राकृतीक भु–बनौट नै बिथोल्ने गरि भौतिक संरचनाहरु खडा गरिहेकाछौं । हामीले विज्ञानको उच्चतम प्रयोग गरिरहेका छौं तर सँगसगै मानविय विवेक गुमाउदैछौं । मानविय संबेदना माथि खेली रहेकाछौं र आर्फैले आफ्नो बासस्थानमाथि धावा बोलीरहेका छौं ।
सायद हामीले आउदा पिढीहरुले व्यहोर्नु पर्ने बिपत्ती प्रति नजर अन्दाज गरिहेकाछौ । हो यही कारण प्रकृती र मानव बिचको युद्धको शुरुवात गरिरहेकाछौं । यही युद्धको सानो प्रहशन हो कोभिड–१९ । यसकारण विज्ञानसगै विवेकको प्रयोग आजको अहं आश्यकता हो । यही यथार्थतालाई मनन गर्दै अब आउदा दिनमा यसलाई अबसरको रुपमा प्रयोग गर्न सक्नु पर्दछ । विनासयुक्त आविष्कारलाई कम गरि मनव उपयोगी आविष्कार तिर विश्व लाग्नु नै कोभिड–१९ दिएको शिक्षा हो । भौतिक सम्पन्नता अधुरो सम्पती हामीले भौतिक विकास त गर्यौ तर भौतिक विकाससँगै जोडिएको आध्यत्मीकतालाई पूर्ण बहिस्कार गरेयौ जसले गर्दा मानव कहिलै सुखी रहन सकेन । प्रकृतीमा रमाएका हरेक जिब हाम्रा आहार भए, हामीले मानवता विर्सेउ, नत हामीलाई धनले पुग्यो, नत हामीलाई भौतिक संरचनाहरुले ।
समुन्द्र देखी जंगल सम्मलाई यसरी च्यालेन्ज गर्न पुगेऔ की यिनको हामीलाइ आबश्यकता नै छैन, यसरी हामी अतिक्रमणमा रमाएऔं । हो यसकै बद्लामा आज मानवसँग युद्ध छेडिरहेकोछ प्रकृतीले र भनिरहेछ कि सुध्रेर अघि बढ् कि नास होऊ । कोमिड–१९ को मानवजातीको लागी स्पष्ट संन्देश यहि हो । यसकारण आध्यात्मीकता आजको युगको आचरण हुनु जरुरीछ जसले जिबात्माहरु विच मिलेर बाच्न सिकाउछ । जसले प्रकृतीको पुजा गर्न सिकाउछ । यसले मानवहरुको समस्यालाई उसकै शरीरबाट समाधान खोज्न सिकाउछ । मानव विरामी हुदाँ पहिलो अस्पताल ध्यान, योग, प्रकृती चिकिस्सा हो, जो काही खोज्न जानु पर्दैन् र यो निशुल्क पनि छ । यही सिकाउछ आध्यत्मीकताले । यसरी मानव भित्र लुकेको र मानवले विज्ञानको नाममा दवाएको त्यो शक्तीको प्रष्टफुटनको लागी आध्यत्मीक चेतको जरुरी छ । आज यो अबसर हो, हामीले आध्यत्मीकतालाई साथ दिउँ, यसको अनुसरण गरी साथ साथ भौतिक विकासको माजा लिउ ।
मनोज कुमार कँडेल (अधिबत्ता/बालअधिकारकर्मी)Chat Conversation EndType a
FACEBOOK COMMENTS