काठमाडौं, वैशाख २३ – स्कोडाको प्रिमियम ह्याचव्याक फावियाको चौथौ जेनरेशन मोडल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ । स्कोडाको नयाँ प्ल्याटफर्म ‘एमक्यूबी ए जेरो’मा बनेको फाविया पहिलाको डिजाइनभन्दा विल्कुलै फरक लुक्समा आएको हो ।
पहिलेको तुलनामा पछाडि बस्ने प्यासेन्जरको लागि धेरै लेगरुम नयाँ फावियामा रहेको छ । फाविया ह्याचव्याकमा नयाँ टेक्नलोजीयुक्त तथा अपडेटेड गरिएको इन्जिन दिइएको छ । कारमा फुल एलइडी ल्याम्प, १५ देखि १८ इन्चको अलोय ह्वील तथा पानारोमीक सनरुफ समेत रहेको छ ।
स्कोडा फावियाको डिजाइन ल्याङवेज कुशक र अपडेटेड कोडियाकसँग मिल्दो जुल्दो रहेको छ । पहिलाको फावियामा ड्रयाग कोफिसीयन्ट ०.३२ थियो भने, नयाँ फावियामा ०.२८ मात्र रहेको छ । जसले गर्दा यसको डिजाइन अझ बडी एरोडाइनामिक समेत भएको छ ।यसको लम्बाई ४ हजार १०८ एमएम रहेको छ । ह्वीलवेस पनि पहिलाको भन्दा ९४ एमएमले बढाइएको छ । नयाँ फावियामा ३८० लिटरको बुटस्पेस रहेको छ भने रियर सीट फोल्ड गर्दा १ हजार १९० लिटरसम्मको बुटस्पेस हुनेछ ।
नयाँ जेनेरेशन फावियामा दुईवटा स्पोक भएको स्टेरिङ ह्वील रहेको छ । चालकको सहजताको लागि यो कारमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर रहेको छ । यो कारमा ड्यूल जोन क्लाइमेट कन्ट्रोल, हिटेड स्टेरिङ ह्वील तथा विन्डसिल्ड, एलइडी एम्वीयन्ट लाइट तथा रियर एसी भेन्ट जस्ता फिचरहरु थपिएको छ । वायरलेस एप्पल कारप्लेको सुविधा रहेको यस कारमा ९.२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
हाललाई पेट्रोल इन्जिन अप्सनमा मात्र उपलब्ध रहेको नयाँ जेनेरेशन फावियामा १.० लिटरको एमपीआई तथा टिएसआई इन्जिन रहको छ । यो कारमा ५ स्पीडको म्यानुअल तथा ७ स्पीडको डिएसजी अटोमेटिक गियरबक्स दिइएको छ ।
FACEBOOK COMMENTS