काठमाडौं– चालु आर्थिकबर्षको बजेटमा उल्लेख भएको सबै नेपालीको बैंक खाता कार्यक्रमलाई कार्यन्वयन गर्ने योजनाको सुरुवात हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको बैंक खाता अभियान बैशाख १ गतेबाट सुरु हुने भएका हुन् ।
यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्ने भएका छन्।
योजनालाई सफल बनाउन बैंकर्स संघले पनि गरेका छन् ।
बुधबारको छलफलले सबै बैंकहरुले बैशाख १ गतेबाट खोलिने बचत खातामा आफ्नो तर्फबाट १०० रुपैयाँ राखिदिने निर्णय गरेको छ।
बैशाख १ गते नयाँ बर्षको सार्बजनिक बिदा भएपनि सबै बैंकहरु खुला राख्ने संघले निर्णय गरेको छ।
FACEBOOK COMMENTS