काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको स्वस्थ्यमा अवस्था सुधार भएको छ ।
सोमबार अचानक विरामी भई नर्भिकमा अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको स्वस्थ्यमा आएसंगै विहिबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिने बताईएको छ ।
राणाको स्वस्थ्यको कामना गर्दै थुप्रै व्यवसायी अस्पताल पुगेका छन् ।
राणा बिरामी भएपछि बुटवलमा बुधबारदेखि हुने भनिएको महासंघको कार्यकारिणी समितिको बैठक पनि स्थगित भएको छ ।
बुटवलको रामग्रामस्थित टाइगर प्यालेसमा बैठकको तयारी गरिएको थियो ।
FACEBOOK COMMENTS