काठमाडौं, पुस २० – नर्वेको राजधानी नजिकै रहेको गाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । गत बुधबार गएको पहिरोमा हराइरहेका मानिसमध्ये आइतबारसम्ममा ७ जना मृत भेटिएका हुन् ।
यस्तै हराइरहेका अन्य ३ जना जिवित भेटिने आशा रहेको नर्वे प्रहरीले बताएको छ । नर्वे प्रहरी प्रवक्ता बिजोर्न क्रिश्चियन विलिस्रडले पहिरो गएको क्षेत्रमा अझै थुप्रै मानिस भेटिन सक्ने बताएका हुन् ।
चार जना मृतक भेटिएकै ठाउँमा अन्य दुई जना जिवितै भेटिएकाले अन्य मानिस पनि जिवितै भेटिने आशा भएको उनले बताएका छन् । ‘अन्य निर्णय नहुन्जेल हामी उद्धार कार्यमा लागिरहने छौँ’, उनले भने ।
FACEBOOK COMMENTS