काठमाडौं, पुस १२ – नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले वर्तमान सरकारले चुनावलाई मध्यनजर गरेर आफ्ना कामकारवाही अगाडि बढाउने बताए । त्यसैगरी उनले निर्वाचनलाई निस्पक्ष ढंगले सम्पन्न गराउने सरकारको तयारी भएको बताए ।
‘सरकारको पहिलो काम निर्वाचन गराउने हो । त्यो निर्वाचन निस्पक्ष रुपमा सम्पन्न गर्नेतर्फ नै सरकारको ध्यान जानेछ’, मन्त्री साहको भनाइ छ । मन्त्री साहले सहरी विकास मन्त्रालयको काम विकास योजनाहरु सम्पन्न गर्ने भएकाले तर्जुमा भएका योजनाहरुलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्रीसहित नौ जना नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिनुका साथै ६ जना पुरानाको जिम्मेवारी हेरफेर गरेका थिए ।
FACEBOOK COMMENTS