सहबान अन्सारी
नवलपरासी,८ माघ नवलपरासीमा बिभिन्न स्थानबाट भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २४ लाख ७१ हजार ७ सय मुल्य बराबरको बिभिन्न मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार बर्दघाट नगरपालिका वडा नं. ४ टिसिन चोक स्थित भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २२५ थान डिजल पिस्टन ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त डिजल पिस्टनको प्रतिथान १० हजारका दरले २२५ थानको अन्दाजी २२ लाख ५० हजार मुल्य बराबर रहेको छ । त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ७६ हजार ७ सय मुल्य बराबरको चिनि, कपडा, चामल, बिस्कुट, सर्फ, तेल लगायतका बिभिन्न मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त बरामद सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यलय बुझाईएको छ। त्यस्तै रामग्राम नगरपालिका वडा नं. १० मन्जरियामा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको चार कार्टुन र दुई बोरामा अन्दाजी २५० केजी जिउँदो माछा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई बरामद माछा स्थानियको रोहवरमा खाल्डो खनि पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
FACEBOOK COMMENTS