काठमाण्डौँ — नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुुर जिल्लास्थित आरुंगखोलाबजारमा शाखा पुनःस्थापना गरेको छ ।
पुनःस्थापित शाखामा एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कँडेलले संयुक्त रूपमा शुभारम्भ गरे ।
नेपाल बैंकको जिल्ला पहुँच ५९ र शाखा संख्या १५३ पुगेको जानकारी बैंकको प्रधान कार्यालय अपरेसन विभागका मुख्य प्रवन्धक कृष्णचन्द श्रेष्ठले दिए।
FACEBOOK COMMENTS