काठमाण्डौँ — ग्रामिण तथा शहरी विकासका लागि नवीकरणीय उर्जा सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानको आयोजनामा तीन दिने सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा नेपालसहित २० देशको सहभागिता रहेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।
सम्मेलनमा उर्जा, उर्जा सुरक्षा, नवीकरणीय उर्जा प्रविधि, दिगो विकास, जलवायु परिवर्तन, कार्बन व्यापार, उर्जा लगानीलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
—कारोबार
FACEBOOK COMMENTS