काठमाण्डौँ — राष्ट्रको आर्थिक विकासका लागि आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा नवनियुक्त राजदुतहरूले व्यक्त गरेका छन ।
राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न विभिन्न देशहरूमा रहेर आफूहरूले नविनतम तवरले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सोक्रममा निजी क्षेत्रसग समेत नजिकमा रहेर कार्य गर्ने बिचार उनीहरुको विचार रहेको छ ।
मित्रराष्ट्र मलेसिया, संयुक्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नियुक्त भई ती देशहरूमा आफ्नो जिम्मेवारी सम्हाल्न जान लागेका नवनियुक्त नेपाली राजदूतहरूको सम्मानमा महासंघले स्वागत तथा आर्थिक कुटनीति विषयक छलफल कार्यक्रममा नवनियुक्त राजदुतहरूले उक्त विचार व्यक्त गरेका हुन ।
नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष भवानी राणाले कार्यकालको सफलताको कामना गरे ।
FACEBOOK COMMENTS