काठमाण्डौँ — नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनको तयारी गरिएको छ ।
दसैं अगाडि राजधानी बाहिरिने देशभरका यात्रुहरूले भोग्नुपरेको घण्टौं सवारी जामको सास्तीलाई न्यूनीकरण गर्न तत्काल वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
विकल्पका रूपमा सबैभन्दा सहज हाल निर्माणाधीन धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक तत्काल सञ्चालनमा ल्याइने तयारी अघि बढेको छ ।
उक्त सडक धार्केदेखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइला सम्म १० किलोमिटर निर्माणाधीन छ ।
वैकल्पिक सडकमा साना सवारी सञ्चालन गर्न दिने तयारी छ ।
छलफलमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नौबिसे– नागढुंगा सडकमा भासिएका खाल्डाखुल्डीलाई तत्काल पुर्न सडक कार्यालयले प्रहरीसँग समन्वय गर्नुपर्ने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS