काठमाडौं, वैशाख २६ – आइसिटी दिवस २०२१ मा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप्ने तयारी भएको प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका बताएका छन् ।वागमती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए ।
विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको छ । त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए ।उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए ।
डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको छ ।पछिल्लो तथ्याङ्कनुसार ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको मन्त्रालयले जनाएको छ ।
पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपुर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने जोड दिएका थिए । कार्यक्रममा सहभागिले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए ।
FACEBOOK COMMENTS