काठमाडौं, भदौ १ – नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ ।
प्रति शेयर रु. १०० दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२०० (एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुइ सय) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरवीवी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरिएको छ ।
हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरवीवी मर्चेन्ट बैङ्किङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS