काठमाडौं, चैत २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट सचेत रहन आग्रह गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै उनले फेरि भाइरसको संक्रमण बढेकोले सतर्कता अपनाउने आग्रह गरेका हुन् ।
जीवन पहिलो प्राथमिकता रहेको भन्दै उनले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरे । यसका साथै उनले संक्रमण बढ्दै गएकोले लकडाउन हुन सक्दैन भन्न नमिल्ने बताएका छन् ।‘सचेत नबने फेरि लकडाउन नहुन सक्छ भन्न मिल्दैन, अहिले नै सतर्कता अपनाऔं, आफैँ सचेत बनौँ,’ उनले भने ।कार्यक्रममा उनले सुरूवाती समयदेखि नै कोभिडको संक्रमण कम गर्न सरकार सफल भएको दावी पनि गरे ।
FACEBOOK COMMENTS