काठमाडौं, असोज १९ – नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मूल कम्पनीको रुपमा रहेको नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिइएको कोषका प्रवक्ता उद्दव सिलवालले जानकारी दिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । उनीहरुसँग शनिबार अन्तरवार्ता र आफ्ना व्यवसायिक योजनाको प्रस्तुतीकरण गरिएको थियो । सो प्रस्तुतीकरणका आधारमा श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल राष्ट्र बैङ्कका पूर्व कर्मचारी हु्न् । राष्ट्र बैङ्कमा ३० वर्षे सेवा अवधिपछि उनले अघिल्लो वर्ष जेठमा अनिवार्य अवकाश पाएका थिए । राष्ट्र बैङ्कबाट अवकाश पाउनुअघि उनी लामो समय बैङ्कको सुपरिवेक्षण विभागको नेतृत्वमा थिए ।
FACEBOOK COMMENTS