काठमाडौं, भदौ १२ । सवारी महाकुम्भ मेला ‘नाडा अटो शो’ लाई लक्षित गरी दुई वटा कम्पनीले ईलेक्ट्रोनिक बाइक र स्कुटर सार्वजनिक गरेककका छन् । भदौ १० गतेदेखि सुरु अएको सवारी महाकुम्भ मेलाका अवसरमा जापानिज कम्पनी (मियामा)ले ४ वटा नयाँ इलेक्ट्रिक स्कुटर (जेवाई१, एलवाई१, वाईवाईजेड, सिजेवाई–१, टिएन६, एसडि१ ) सार्वजनिक गरेको छ । जसको मुल्य र मोडल फरक फरक रहेका छन् ।
–जेवाई१ का विषेशता
ब्याट्री – ७२v ३२ Ah (३५ केजी ), वार्ट – १५००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२०V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५०-५५ किलो मिटर, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, गति मीटर – डिजिटल, की- सेन्ट्रल लकिंग सिस्टम छ भने यसको सुरुवाती मूल्य १ लाख ६८ हजार रुपैयाँ रहेको छ। –एलवाई१ का विषेशता ब्याट्री- ७२v ३२Ah (४० किलो ), वार्ट – १५००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२० V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५०-५५ किलो मिटर, गति मीटर – डिजिटल, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, की- सेन्ट्रल लकिंग सिस्टम रहेको छ भने यसको सुरुवाती मूल्य १ लाख ६५ हजार रहेको छ।
– वाईवाईजेड का विषेशता
ब्याट्री- ७२v ४५Ah (५० किलो ), वार्ट – १५००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२० V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५०-५५ किलो मिटर, गति मीटर – डिजिटल, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, की- सेन्ट्रल लकिंग सिस्टम रहेको छ भने यसको मूल्य कायम गरिएको छैन।
– सिजेवाई–१ का विषेशता
ब्याट्री- ७२v ३२Ah (४० किलो ), वार्ट – १५००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२० V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५०-५५ किलो मिटर, गति मीटर – डिजिटल, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, की- सेन्ट्रल लकिंग सिस्टम रहेको छ भने यसको मूल्य १ लाख ६५ हजार रहेको छ। फुल चार्ज गरेपछि १०० किलोमिटरसम्म कुद्ने क्षमता रहेको छ।
– टिएन६ का विषेशता
ब्याट्री- ७२v ५८Ah (५५ किलो ), वार्ट – २०००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२० V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५५-६० किलो मिटर, गति मीटर – डिजिटल, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, की- सेन्ट्रल लकिंग सिस्टम रहेको छ भने यसको मूल्य १ लाख ९६ हजार रहेको छ। फुल चार्ज गरेपछि १०० देखि २०० किलोमिटरसम्म कुद्ने क्षमता रहेको छ।
– एसडि१ का विषेशता
ब्याट्री- ७२v २०Ah (३५ किलो ), वार्ट – १५००, ४-६ घण्टामा फुल चार्ग गर्न सकिने, इनपुट भोल्टेज ११०V-२२० V, ब्रेक एफ/आर – डिस्क ड्रम , स्पीड ५०-५५ किलो मिटर, गति मीटर – डिजिटल, सस्पेन्शन- हाइड्रोलिक, एयर सस्पेन्शन, की- सेन्ट्रल लकिंग सिस्टम रहेको छ भने यसको मूल्य १ लाख ४९ हजार रहेको छ। फुल चार्ज गरेपछि १०० किलोमिटरसम्म कुद्ने क्षमता रहेको छ।
एनआइयुको नयाँ एन सिरिज इलेक्ट्रिक स्कुटर
त्यसैगरी अर्को कम्पनी एनआइयुले पनि एन सिरिज नामक नयाँ इलेक्ट्रिक स्कुटर ल्याएको छ। उक्त स्कुटरमा फुल चार्ज गर्न ४ देखि ६ घण्टा लाग्नेछ। एन सिरिजमा नम्बर प्लेट राखिनेछ। उक्त स्कुटरको प्रयोग पश्चात वार्षिक ५० हजार रुपैयाँ बचत हुने एनआइयुले जनाएको छ। एनआइयुले नाडा अटो शो मा तीन वटा मोडलका (एन सिरिज, एम सिरिज, एनजीटि) स्कुटर प्रदर्शनमा राखेको छ। जसमध्ये एन सिरिजको मूल्य दुई लाख ४५ हजार कायम गरेको छ। उक्त कम्पनीले दशैंलाई लक्षित गरि स्कुटर किन्दा सात हजार देखि ५० हजार सम्मको डबल अफर दिने पनि कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS