काठमाडौं– नाडा अटो शोमा एमजी गाडीको विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक हुने भएको छ।
नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले एमजी जेडएस विद्युतीय गाडी सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा सार्वजनिक गर्न लागेको हो।
४९ लाख ९९ हजार रूपैयाँ मुल्य रहेको गाडीमा ६ वटा एयरब्यागहरु रहेका छन् । एमजी जेडएस इभीले एक पटकको चार्जमा ४२८ किमिसम्मको माइलेज दिने कम्पनीले जनाएको छ।
गाडीमा ३ वटा ड्राइभिङ मोडहरु रहेका छन्। यसमा ११० किलोवाट पावर र ३५० एनएम टर्क क्षमता दिने कम्पनीले जनाएको छ। ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने लिथियम आयन ब्याट्री गाडीमा रहेको बताइएको छ। ब्याट्रीमा ८ वर्ष एवं १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको बताइएको छ।
FACEBOOK COMMENTS