अनुप कुमार बराल
सचिव नाडा अटोमोवाईल्स एशोसिएशन
अटोमोवाईल्स इन्डस्ट्री जहिले पनि ग्रोइङ विजनेस हो । अटो मोबाइल्स क्षेत्रले र देशको अर्थतन्त्रसँग सिधै जोडिएको छ । सहज यातायात विना देशमा समद्धि ल्याउँछु भनेर हुँदैन । यातायतको लागि अटोमोबाईलस विना संभव छैन । यसमा मुख्य समस्या सरकारको नीति नियम नै हो ।
हरेक वर्ष हामीले नाडा अटो शो ग्राहक र व्यवसायी एकै ठाउँमा भेटघाट र अन्तरक्रिया होस् भन्नको लागि गर्दै आएका छौं । अटो शोमा कम्पनीको उद्देश्य ब्राण्डिङ गर्ने हुन्छ । ग्रहाकको लागि कुन कस्तो गाडी हो भन्ने सम्पूर्ण जानकारी प्राप्त हुन्छ । फाइनान्स, पार्टस्पुर्जा लगायतका सम्पूर्ण जानकारी नाडा अटो शो बाट प्राप्त गर्न सकिन्छ ।
नाडा अटो शो २०१९ मा विद्युतिय गाडीको उपस्थीति पहिलाको भन्दा राम्रो छ । अहिले ५–६ ओटा ब्राण्डले विद्युतिय गाडी शोमा राखेका छन् । अहिले विद्युतिय सवारीमा ग्राहाकको आकर्षण बढेको छ । तर अझै पूर्वधार विकास नभएको कारण झ्याप्पै किनीहालौं भन्ने छैन ।
पहिला भन्दा यसमा चासो राख्ने बढेका छन्, यसले आगमि दिनमा नेपालमा पनि विद्युतिय गाडीको पनि व्यापार फस्टाउने देखिन्छ । विश्वमै पनि विद्युतिय गाडीलाई प्राथमिकता दिइरहेको हुँदा यहाँ चासो बढ्नु स्वभाविक नै हो । चाजिङ स्टेशन, मेकानिकल सर्भिसेज, सडक पनि विद्युतिय सवारीको सहज बन्न सकेको छैन ।
FACEBOOK COMMENTS