काठमाडौं,माघ २२- नाडा अटोमोबाइल एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० सदस्यीय प्रतिनिधिमण्डल आज दिल्ली प्रस्थान गरेको छ ।
सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको औपचारिक निमन्त्रणामा नाडाका प्रतिनिधिमण्डल दिल्ली प्रस्थान गरेका ।
नाडाका अनुसार फेब्रुअरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फेब्रुअरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्स्पो– द मोटर शो २०२० मा सहभागी हुन नाडा प्रतिनिधि मण्डल दिल्ली प्रस्थान गरेको हो ।
उक्त नाडा प्रतिनिधि मण्डलमा केन्द्रीय कार्य समितिका अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्व अध्यक्षद्धय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य ध्रुबबहादुर थापा लगायतको सहभागिता रहेको छ ।