काठमाडौं, माघ १- नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमितिले आज अर्थमन्त्री डा। युवराज खतिवडासँग भेटघाट गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा। खतिवडालाई भेटी अटोमोबाइल क्षेत्रमा आएको मन्दी हटाउन नीतिगत सुधारको लागि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा आएको मन्दीले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पुर्याएको भन्दै यसमा केही सहजताको बाटो खोज्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री डा। युवराज खतिवडाले अटो क्षेत्रमा देखिएको मन्दी चाँडै हट्ने विस्वास नाडाका प्रतिनिधि मण्डलसँग ब्यक्त गरेका छन् ।उनले बैंकिङ क्षेत्रमा तरलताको अवस्थामा सुधार आउन थालेकाले अब गाडिहरुको बिक्रीमा पनि सुधार आउने बताए । अर्थमन्त्री खतिवडाले हायर पर्चेज कर्जालाई सहज बनाउने कुरामा नीतिगत सुधार जरुरी रहेको स्वीकार गरेका थिए ।
भेटमा अर्थमन्त्री खतिवडा आफैले अटो क्षेत्रमा आएको गिरावटको विषयमा चासो राखेर कुरा गरेको सहभागिहरुले बताएका छन् ।
नाडाले व्यापार मेला आयोजना गर्न, स्पेयर पाटर्समा अण्डर इन्भोइसिङ जस्ता विषय समाधन गर्न, स्पेयर पाटर्स र लुब्रिकेन्ट आयात गर्ने कम्पनीले पनि गाडी आयात जस्तै आधिकारिक डिलरसीपमार्फत मात्रै आयात गर्न दिने जस्ता विषयमा लिखितरुपमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
नाडाले इलेक्ट्रीक सवारीसाधनमा दिने कर्जा, अटो उद्योग स्थापना गर्न दिइने सेवा सुविधा, सडक सञ्जाल विस्तार, स्पेयर पटर्समा हुने चोरी पैठारी लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
FACEBOOK COMMENTS