काठमाण्डौँ — नाडेप लघुवित्त वित्तीय संस्थाले १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
बैंकको कूल चुक्ता पूँजी रु १६ करोड रहेको छ ।
बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म शेयर बिक्री गर्ने जनाएको छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS