काठमाडौं, बैशाख १४ – आज थप ४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फकिएका छन् । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत ३ जना संक्रमित निको भएर घर फर्किएका हुन् । रौतहटका १९ वर्षीय १ जना पुरुष र अन्य ३ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पिसीआरबाट ९ हजार ९३१ र र्यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको जनाएका छन् ।
यस्तै १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन् । हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।
FACEBOOK COMMENTS