काठमाण्डौं — निक इलेक्ट्रो टेक २०१८ पुस ६ गते हुने भएको छ।
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीले अत्याधुनिक विद्युतीय सामग्री पुस ६ गतेदेखि प्रदर्शन गर्ने भएका हुन्।
मेलामा सबै प्रकारका विद्युतीय सामग्री पाइने टेकका उपाध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए।
मेलामा करिब एक लाखभन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ।
मेला पुस १० गतेसम्म चल्नेछ।
