काठमाण्डौँ — नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ ।
अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।
निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ ।
यसअघि २ सय ८० रुपैयाँ घाटा थियो ।
लगातार मूल्य बढ्दै गएपछि निगमले सबैभन्दा धेरै घाटा ग्यासमा बेहोर्नु परेको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ५१ रुपैयाँ बढेर आएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको बताए ।
निगमलाई मट्टितेल र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा घाटा छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो ।
—कारोबार
FACEBOOK COMMENTS