काठमाडौं, माघ १७- नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई ओटा वाइडबडी र न्यारोबडी खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापतको रुकम तिरेको हो ।
निगमले दुईओटा वाइडवडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपियाँ गरी जम्मा रु १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे भुक्तानी गरेको जनाएको छ ।
FACEBOOK COMMENTS