काठमाण्डौँ — नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ।
यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो।
तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अनुमतिको लागि नारिता अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन गरिएको छ।
— नागरीक
