काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दुई वाइडबडी जहाज खरिद प्रक्रियाको अध्ययन हुने भएको छ ।
२४ अर्ब खर्चेका वाइडबडी विमानहरुको खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।
समितिको विहिबार बसेको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।
महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ ।
समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए ।
FACEBOOK COMMENTS