काठमाडौं- आर्थिक उदारीकरणका नाममा निजीकरण गरिएका उद्योगहरू सरकार आफैंले लिएर चलाउने तयारी थालेको छ ।
उद्योगमन्त्री मातृकाप्रसाद यादवले निजीकरणपछि बन्द उद्योग सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।
निजीकरण गरिएका उद्योगमध्ये सरकारले नवलपरासीमा रहेको भृकुटी कागज कारखाना सञ्चालन गर्न आवश्क छलफलमा जुटेको छ ।
सरकारले आर्थिक उदारीकरणका नाममा २०४८ बाट निजीकरण प्रक्रिया अघि बढाएको थियो । वि.सं. २०५० मा निजीकरण ऐन कार्यान्वयमा आएपछि देशमा सञ्चालित ६६ मध्ये ३० वटा उद्योग निजीकरण गरियो ।
केही वर्षअघि सार्वजनिक गरेको एक अध्ययनले निजीकरण गरिएको प्रतिष्ठानको अवस्था राम्रो हुन नसकेको देखाएको छ । निजीकरणपछि सार्वजनिक संस्थान राम्रोसँग सञ्चालन हुने अपेक्षासहित जिम्मा लगाइएको थियो ।
भृकुटी कागज कारखाना, हरिसिद्धी इँटा टायल उद्योग, बाँसबारी छाला जुत्ता, बालाजु कपडा उद्योग, काँचो छाला उद्योग, नेपाल चलचित्र संस्थान बन्द भएका छन् ।
FACEBOOK COMMENTS