काठमाडौं, मंसिर १८ – निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र नेपाल उद्योग परिसंघ ९सीएनआई०ले सहकार्य गर्ने भएका छन्।
एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने कार्यक्रममा बोल्दै दुवै संस्थाका अध्यक्षले आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्।
सीएनआईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शतिस मोरले निजी क्षेत्रका दुई संस्थाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउने बताए।
उनले भने, “निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआईको नयाँ कार्यसमितिसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता हो।”मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या हटाउन संयुक्त प्रयास गर्न सके औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए।
एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै अगाडि बढ्ने बताए।उनले भने, “निजी क्षेत्रका समस्याहरू उस्तै प्रकारका भए पनि उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरू फरक पर्छन्।”
FACEBOOK COMMENTS