काठमाण्डौं– अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रको संगठन एउटा मात्र हुनु पर्ने बताएका छन् ।
खतिवडाले सिएआईको १६ औं वार्षिक साधरसभाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको एउटामात्र संगठन भए प्रभावकारी हुने बताएका हुन् ।
निजी क्षेत्रको दरिलो उपस्थितीको लागि एउटा संगठन भए प्रभावकारी हुने मन्त्रीको भनाई छ ।
मन्त्री खतिवडाले निजी क्षेत्रको एउटामात्र संस्था भएको हेर्ने चाहाना भएको बताएका छन् । सरकार जहिले पनि निजी क्षेत्र संगै काम गर्न तत्पर रहेको भन्दै सिएनआईको अबको नेतृत्वले निजी क्षेत्रको एउटै संस्था बनाउन पलहगर्ने विश्वास लिएको बताएका छन् ।
त्यस्तै उनले सार्वजानिक निजी साझेदारी ऐन आएको र अब छिट्टै नियमावली पनि आउने जानकारी दिएका छन् ।
दुई दर्जन जती नियामक प्रक्रिया सुधार गर्नुपर्ने भन्दै यसमा सरकार लागिरहेको बताएका छन् ।
निजी क्षेत्रले लामो समयसम्म संरक्षण खोज्नु भन्दा प्रतिस्पर्धामा उत्रनुपर्ने अर्थमन्त्रीको भनाई छ ।
FACEBOOK COMMENTS