काठमाण्डौं– निजी क्षेत्रको चर्को दवाव पछि सरकार साना उद्योगमा विदेशी लगानी भित्राउनबाट पछि हटेको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी एकिकरण गर्न बनेको विधेयकमा नेपालका साना तथा परम्परागत उद्योगमा पनि विदेशीले लगानी गर्न सक्ने खालको थियो ।
पराम्परागत तथा साना उद्योगमा विदेशी लगानी भित्राउँदा नेपालको मौलिकता माथि पश्न उठ्नुका साथै लाखौ स्वरोजगार कामविहिन हुने अवस्था आउँछ भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारलाई उक्त प्राबधान हटाउन आग्रह गरेका थिए ।
विधेयक माथी दुग्ध व्यवसायीले आफ्नो व्यवसाय धरापमा पर्ने भन्दै संसोधन गर्न सरकारलाई आग्रह गरेका थिए ।
त्यस्तै मौरी पालन र मत्स्य पालन लगाएत कृषी उत्पादनमा वैदेशिक लगानी आवश्यक नभएको निजी क्षेत्रले बताउँदै आएका थिए ।
विधेयक माथि संसोधन प्रस्ताव हाल्दै सांसदहरुले पनि साना उद्योगमा विदेशी लगानी आवश्यक नभएको बताएका थिए ।
प्रतिनिधी सभा अन्तरगतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहिबार र शुक्रबारको संसादहरुको संशोधन प्रस्तावमाथि छलफल गर्दै उद्योग वाणज्य तथा आपुतिमन्त्री मात्रीका यादवले साना उद्योगमा लगानी सम्बन्धी प्राबधान संशोधन गर्न समिति सभापतिलाई आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS