काठमाडौं – तीनवर्ष पहिले अध्यक्षको चुनावमा अत्याधिक खर्च हुने र वरिष्ठलाई अध्यक्ष बनाउदा दवाव सिर्जना नहुने ध्येयका साथ वरिष्ठलाई अध्यक्ष बनाउने विधान महासंघले बनायो । यसमा पहिलो वरिष्ठ उपाध्यक्ष भवानी राणाले अध्यक्ष बन्दै पहिलोपटक महिला नेतृत्वमा महासंघ हाँकिरहेकी छिन् । उनले यसको उपयोगिता पनि सिद्ध गरिन् तर हालका बरिष्ठ उपा ध्य क्ष शेखर गोल्छाकै कारण वरिष्ठलाई स्वतः अध्यक्ष बनाउन नहुने निष्कर्षमा फेरि महासंघका सदस्यहरु पुगे । शेखर गोल्छाको रबैयाबाट वरिष्ठ अध्यक्ष बने महासंघ कम्पनी बन्ने र केहि ठूला ब्यापारीको क्लबमा परिणत हुने जिल्ला नगरका सदस्यहरुको बुझाईछ । यसैलाई मुख्य एजेन्डा लिएर अरु पनि बिभिन्न विषयमा विधान संशोधनका लागि कात्तिक २९ गते महासंघको विषेश साधरण सभा बस्दैछ । यद्यपी गोल्छाकै सुन्दरी काण्ड र पैसाको घमण्डका कारण महासंघको विधान संसोधन हुन लागेकोले गोल्छा पछारिने लगभग जस्तै देखिएको छ । यसको साथै नेपाल उद्योग वाणिज्य महासंको भावि अध्यक्ष को त ? भन्ने प्रश्न उठन थालेको छ । भावि अध्यक्षमा योपाली उपाध्यक्षहरुबाट नै कोहि हुने पक्का छ । यसको प्रवल दाबेदारीमा बस्तुगतका उमेशलाल श्रेष्ठ , जिल्ला नगरका किशोर प्रधान र एसोसियटका चन्द्र ढकाल देखिएका छन् । अहिले यि तिनै जनाले मुख नखोले पनी अध्यक्षका काविल दाबेदार मानिन्छ । यस पालि बिधान शंशोधनमा जिल्ला नगर उपाध्यक्ष दुई जना बनाउने भन्ने भएकाले ३ जना मध्यबाट १ जना जिल्ला उपाध्यक्षमा जान सक्ने छन भने १ जना वरिष्ठ वन्न सक्ने छन । र यिनै मध्येबाट १ जना अध्यक्ष बन्ने देखिन्छ । त्यस्तो एसोसियट उपाध्यक्षमा सौरभ ज्योति र बस्तुगत उपाध्यक्षमा सकुन्तला हिराचन वा कमला श्रेष्ठ आउने देखिन्छ ।Chat conversation endType a message…
FACEBOOK COMMENTS