काठमाडौँ ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिमा धनीराम शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालयले सरकारी प्रतिनिधीका रुपमा शर्मालाई बैंकको सञ्चालक समितिमा पठाएको हो । असार २१ गते अर्थमन्त्रालयले गरेको निर्णय अनुसार शर्माले बैंक सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालेका हुन् । शर्माले अर्थमन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन् हाल बैंकमा बिशाल ग्रुपका तर्फबाट अनुज अग्रवाल अध्यक्ष छन् भने आईएमई लिमिटेड बाट चन्द्र प्रसाद ढकाल र इमर्जिङ नेपालका तर्फबाट लालमणी जोशी सञ्चालक छन् । सरकारले धनीराम शर्मालाई सञ्चाचलक बनाएपछि बैंकको बोर्डले पूर्णता पाएको हो । निफ्राले लण्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्न लागेको छ ।
FACEBOOK COMMENTS