काठमाण्डौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ ।
ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई बिल र कागजात माग्दा नदिएको भन्दै सोमबार नियन्त्रणमा लिइएको तरकारी सरकार आफैंले बिक्री गर्न थालेको हो ।
अनुगमन टोलीले काँक्रो, फर्सीलगायत तरकारी लिएरका गाडीबाट तरकारी जफत गरेको थियो ।
तरकारी बिक्रीमा सहभागी विभागका शाखा अधिकृत दीपक पोखरेलका अनुसार ट्राफिक प्रहरीको सहयोगमा सर्वसाधरण र सशस्त्र प्रहरीले तरकारी खरिद गरिरहेका छन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS