काठमाण्डौं — कुनै पनि आयोजनाको ठेक्कापट्टा गर्ने काम त्यसै आर्थिक वर्षको पहिलो चौमाससम्म लगाइसक्नुपर्ने कानुनी व्यवस्था छ।
तर, अधिकांश विकासे मन्त्रालयले नियम मिच्दै दोस्रो तथा तेस्रो चौमासमा समेत ठेक्कापट्टा लगाइरहेका छन्।
तेस्रो चौमासमा एक सय ९३ वटा ठेक्का लागेका छन्।
आर्थिक कार्यविधि नियमावली, २०६४ को व्यवस्थाअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमास अर्थात् कात्तिकसम्म सम्पन्न गरिसक्नुपर्छ।
सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाइ, भौतिक पूर्वाधार, गृह, खानेपानी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले नियम मिचेर ठेक्का सम्झौता गरेका हुन्।
यी मन्त्रालयअन्तर्गत ५४ अर्ब ५७ करोड २० लाख रुपैयाँका दुई हजार ५८ वटा ठेक्का लगाउनुपर्ने थियो।
तीमध्ये ५० अर्ब ६८ करोड ८२ लाख रुपैयाँका एक हजार सात सय ९५ ठेक्का दोस्रो र तेस्रो चौमासमा ठेक्का लागेको महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख छ।
गएको आवको तेस्रो चौमासमा मात्रै १९ अर्ब २८ करोड तीन लाख रुपैयाँको ठेक्का लागेको लेखापरीक्षणको क्रममा पाइयो,’ महालेखा नियन्त्रक टंकमणि शर्माले बताए।
— नागरीक
FACEBOOK COMMENTS