काठमाडौं । कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।
बैठकले गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउनहवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्ममात्र खुकुलो गर्न सकिने बताए ।
कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको र साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल-प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशःहलहुँदै जाने उनले धारणा छ ।
कोभिड १९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिए ।
FACEBOOK COMMENTS