बसन्त अर्याल
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घ भष्टचारी व्यवसायीको बचाउमा लागेको छ ।
पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप लगाए पछि उनको बचाउमा प्रेस विज्ञप्ती निकालेको हाे ।
महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको हो।
अख्तियारले शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको हो।

महासङ्घले यसअघि जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका बहालवाला सांसद हरिनारायण रौनियारको पनि बचाउ गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले नयाँ ठेक्कामा भाग लिन रोक लगाउने निर्णय गरेपछि महासंघले विरोध जनाएको थियो।
महासंघले भ्रष्टचार गर्नेलाई कावाहिको माग गर्नुको साटो महासंघको बचाउमा लाग्नु केटा केटी पन भएको केहि व्यवसायीको ठहर छ । ति व्यवसायीले महासंघ भनेको नराम्रो कामको बचाउको लागि नभएको बताए ।
निमार्ण व्यवसायी महासंघमात्र होईन अरु केही महासंघ पनि व्यवसायीको हित भन्दा पनि केहिको स्वर्थमा चल्ने गरेका छन् ।