काठमाडौं, ११ मंसिर –पोर्ट एण्ड इम्पोर्टका संचालक, जेनिथ नेपाल कार्गो सर्भिसका प्रबन्ध निर्देशक, म्याक्रो ट्रेडर्सका प्रबन्ध निर्देशक, हिमालयन मिट प्रडक्टका निर्देशक र क्यापिटल मार्केटका लगानीकर्ता हुन । २५ बर्ष देखी उनी निर्यातजन्य व्यवसायमा सकृय छन् ।
कार्की नेपाल निर्यात परिषदका अध्यक्ष समेत हुन । नेपाल हस्तकला महासंघको प्रथम उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका कार्की निर्यात व्यापारको क्षेत्रका दिग्गज व्यक्तित्वमा गनिन्छन् ।
कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत संघतर्फ कार्यकारीणी सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ‘निर्यात व्यापारको सुधार, अर्थतन्त्रको मुल आधार, आर्थिक समृद्धीका लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ चुनावी अभियानमा लागेका छन् । अति मिलनसार र निजी क्षेत्रको समाधान गर्न सक्ने खुवी चन्द्र ढकालमा रहेको बताउने कार्की उमेशलाल श्रेष्ठलाई निष्पक्ष, निडर र अनुभवका धनी मान्छन् ।
कार्की नेपालको निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढन उत्पादनमुलक र निर्यातमुखी व्यवसायलाई प्रबर्धन गर्नुपर्ने खाँचो औल्याउदै आफु महासंघको चुनावमा होमिनुको कारण पनि महासंघमा आफ्ना अनुभव आदानप्रदान गर्दै व्यापार सहजीकरणमा सघाँउ पुर्याउने रहेको बताउँछन् । कार्की एक सफल निर्यातकर्ता हुन । उनी निकासी व्यापारको क्षेत्र माझ चर्चित र लोकप्रिय छन् । सरल, स्पष्ट र मिजासपूर्ण व्यक्तित्वका धनी उनी निकै सहयोगी मानिन्छन् । अहिलेको अवस्थामा महासंघलाई हाँक्न सक्ने खुवी भएका बौद्धिक र जुझारु व्यवसायी नेताको रुपमा उनलाई लिईएको छ ।
FACEBOOK COMMENTS